Thursday , September 16 2021
Breaking News
Home / खेलकुद / कोमलमाया खड्ग बस्नेत स्मृति कपको पुरस्कार कांग्रेस सभापति देउवाबाट वितरण

कोमलमाया खड्ग बस्नेत स्मृति कपको पुरस्कार कांग्रेस सभापति देउवाबाट वितरण

पुस २८, नेपाली काँगे्रसको खेलकुद विभागदारा आयोजित कोमलमाया खडग बस्नेत स्मृतिमा मंगलबार मेलम्ची नगरपालिका र सुनकोशी गाउँपालिकाबीच उपाधि भिड्न्त भएको छ । फाइनलमा मेलम्ची इन्द्रवातीलाई १–० ले सुनकोशीले चौताराले पराजित गरेका छन् ।

फाइनल खेलमा पार्टी सभापति शेरबहादुर देउवाले नगद, ट्रफी र प्रमाणपत्र वितरण गर्नुभयो । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका खेलकुद विभाग प्रमुख मोहन बस्नेतले नेकपाबाट काँगे्रसमा आएकालाई स्वागत पनि गर्नुभयो ।सो कार्यक्रममा धावक बैकुण्ठ मान्नधरलाई ५० हजारले सम्मान गरिएको छ । पुर्वमन्त्री बस्नेतले सरकारले खेलाडीको कला चिन्न नसकेको ,संरक्षणमा चुकेको बताउनुभयो ।

प्रतियोगितामा विजेता टोलीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ५५ हजार ५ सय ५५ रूपैयाँ नगदसहित सिल्ड र ट्रफी पाएका छन ।

प्रतियोगितामा जिल्लाका ९ स्थानीय तहले सहभागिता जनाएका थिए । कुल ९ लाख रूपैयाँ खर्च गरिएको उक्त प्रतियोगिताको आर्थिक व्यवस्थापन बस्नेत परिवारले गरेको थियो । सो प्रतियोगिता पुस २२ बाट चलेको थियो ।

Check Also

पञ्चकोटमा दैनिक हजार पर्यटक

पञ्चकोटमा दैनिक हजार पर्यटक

पञ्चकोटमा दैनिक हजार पर्यटक -रासस/नेपालयटाईम्स गलकोट – केही दिनअघि बागलुङ घुम्न आउनुभएका नेपाल पत्रकार महासङ्घ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *