Thursday , September 16 2021
Breaking News
Home / नेपाल / एन एच आर एफ साहित्य सम्मान नेपाली रमजान अलि मियाँलाई

एन एच आर एफ साहित्य सम्मान नेपाली रमजान अलि मियाँलाई

एन एच आर एफ साहित्य सम्मान नेपाली रमजान अलि मियाँलाई
– नेपालयटाईम्स

एन एच आर एफ साहित्य सम्मान नेपाली रमजान अलि मियाँलाई
एन एच आर एफ साहित्य सम्मान नेपाली रमजान अलि मियाँलाई

काठमाडौं – राष्ट्रिय मानब अधिकार समिति कतारका नेपाली संयोजक प्रोफेसर मोहम्मद रमजान अलि मियाँ एन एच आर एफ साहित्य सम्मान २०२० बाट सम्मानित भएका छन् ।

अन्तराष्ट्रिय मानव अधिकार फाउन्डेसन तथा एन एच आर एफ फाउन्डेसनको संयुक्त कमिटिले मियाँलाई सो अवार्डबाट सम्मानित गर्ने निर्णय गरेको हो । राष्ट्रिय मानव अधिकार तथा मानवकल्याणकारी संगठनले आफ्नो स्थापनाको दोश्रो बार्षिक उत्सव तथा ७२ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस २०२० को अवसर पारेर बिश्वका विभिन्न नागरिकहरुलाइ सम्मान गर्ने क्रममा मियाँलाई पनि सम्मानित गरेको हो ।
खाडी मुलुक लगानी विशेष गरि कतार तथा त्यहाँको कानुन शरीया कानुन र अरेबिक भाषाका विज्ञ समेत रहेका मियाँ लामो समयदेखि कतारमा बसेर नेपाल कतारबीचको सम्बन्ध विस्तार तथा त्यहाँ रहेका नेपालीहरुको हक हित तथा अधिकारका लागि उल्लेख्य कार्यहरु गर्दै आएका छन् । मियाँलाई उक्त सँस्थाले यस वर्षको साहित्य तर्फको विधामा सम्मान गरेको हो । यस सँस्थाबाट मियाँ सहित यो बर्ष विभिन्न देशका नागरिक गरी ३३ जना सम्मानित भएका छन् ।

२००७ मा कतार प्रवेश गरेका प्रोफेसर मियाँ मानव अधिकार तथा प्रोटोकल एवं अन्तर्राष्ट्रिय बिषयमा अध्ययनरत छन भने मियाँले अरबी भाषा साहित्यमा डबल एम ए गरेका छन् ।

बिश्वका दर्जनौं मानव अधिकारबादी संघ संस्थाहरुका प्रतिनिधीहरु चयन गर्ने क्रममा राष्ट्रिय समाज रत्न सम्मान बाट सम्मानित प्रोफेसर मियाँलाइ कतार स्थित प्रतिनिधिको रुपमा चयन गरेका छन । यस अघि पनि प्रोफेसर मियाँले कतारको श्रम ऐन लगायत कतारको विभिन्न ऐन तथा कानुनी पुस्तकहरु नेपाली भाषामा अनुवाद गरीसकेका छन् ।

नेपाल भारत लगायत बिश्वको विभिन्न बिधामा उल्लेखनीय योगदान दिने बिशिस्ट ब्यक्तित्वहरुलाइ सम्मान गरीने क्रममा सम्मानित हुने मियाँ पहिलो नेपाली हुन् । मियाँलाई यसै वर्षको अन्तिममा भारत समाज सेवा रत्नबाट पनि बिभुषित गरिंदैछ ।

एन एच आर एफ साहित्य सम्मान नेपाली रमजान अलि मियाँलाई
एन एच आर एफ साहित्य सम्मान नेपाली रमजान अलि मियाँलाई

READ THESE ALSO . . . . . . . . 

Best Trekking Season In Nepal: Visit Nepal Year 2020

Rara National Park: Best Trekking Zone of Nepal

Tsum Valley Trekking Known as a Sacred Pilgrimage Valley

Mardi Himal Trekking: Right Destination for Festive Holiday

Pattale Higher than Everest: Best Himalayan Tours

Check Also

पर्यटन बोर्डको नयाँ बजेटमा विज्ञको सुझाव : राज्यको तीन तहमा समन्वय गरी बजेट ल्याउनु

पर्यटन बोर्डको नयाँ बजेटमा विज्ञको सुझाव : राज्यको तीन तहमा समन्वय गरी बजेट ल्याउनु

पर्यटन बोर्डको नयाँ बजेटमा विज्ञको सुझाव : राज्यको तीन तहमा समन्वय गरी बजेट ल्याउनु काठमाण्डौं …

One comment

  1. Really You are great Ramjan Ali Miya Sir. You always promote Nepal Qatar bilateral Relationship. You support Nepali Migrants Workers and advocacy for their Rights in Qatar. God bless you Sir.Salute to you.

Leave a Reply

Your email address will not be published. Required fields are marked *