Tuesday , November 30 2021
Breaking News
Home / नेपाल / आन्दोलित नेविसंघका केन्द्रिय सदस्यसहित दर्जन कार्यकर्ता पक्राउ

आन्दोलित नेविसंघका केन्द्रिय सदस्यसहित दर्जन कार्यकर्ता पक्राउ

नेपालयटाईम्स

आन्दोलित नेविसंघका केन्द्रिय सदस्यसहित दर्जन कार्यकर्ता पक्राउ
काठमाडौं – केही दिन अघि संसदमा पारित भएको चिकित्सा बिधेयकको बिरोधमा नेविसंघ आन्दोलनमा यत्रिएको छ । आज नेविसंघले संसदमा पारित भएको चिकित्सा बिधेयकको बिरोधमा काठमाडौका सबै क्याम्पसहरुमा आन्दोलन गरेको हो ।

आन्दोलनको क्रममा केन्द्रिय सदस्यसहित दर्जन कार्यकर्तालाई प्रहरीले शिरासतमा लिएको छ । मिनभवन क्याम्पसबाट नेविसंघ केन्द्रीय सदस्य प्रेमिका रानामगर, केन्द्रीय सदस्य सुमन पाण्डे, केन्द्रीय उपाध्यक्ष पवन यादब, सहमहामन्त्री अम्बिका चलाउने, केन्द्रीय सदस्य मेघा साही, प्रेम शाही, गिता गुरुङ, सानोठिमी क्याम्पसकी स्वबियु सदस्य पुजा फुयाल लगायत नेविसंघ केन्द्रिय पदाधिकारी र सदस्यहरुलाई प्रहरीले हिरासतमा लिएको छ ।

डा गोविन्द केसीसंग ओली सरकारले सम्झौता अनुसार चिकित्सा शिक्षा विधेयक नल्याएको भन्दै नेविसंघले देशैभर आन्दोलन सुरु गरेको हो । केन्द्रिय सदस्य एलिजा ढकालले जानाकारी दिईन् ।

नेपाली काँग्रेसका माग बमोजिम पार्टीका दुई पूर्व सभापति एवं पूर्वप्रधानमन्त्रीहरुको नाममा रहेका दुई अस्पताललाई ओली नेतृत्वको सरकारले नियतवश केन्द्र सरकार मातहतमा नराखेपछि विद्यार्थीहरुले आन्दोलन गरेका हुन ।

More CLICK HERE

Check Also

पर्यटन बोर्डको नयाँ बजेटमा विज्ञको सुझाव : राज्यको तीन तहमा समन्वय गरी बजेट ल्याउनु

पर्यटन बोर्डको नयाँ बजेटमा विज्ञको सुझाव : राज्यको तीन तहमा समन्वय गरी बजेट ल्याउनु

पर्यटन बोर्डको नयाँ बजेटमा विज्ञको सुझाव : राज्यको तीन तहमा समन्वय गरी बजेट ल्याउनु काठमाण्डौं …

Leave a Reply

Your email address will not be published. Required fields are marked *