Tuesday , November 30 2021
Breaking News
Home / बिजनेस / सुनचादी बचत तथा ऋण सहकारी सस्थाको उपाध्यक्षमा रुबिन रामुदामु सर्वसम्मत चयन

सुनचादी बचत तथा ऋण सहकारी सस्थाको उपाध्यक्षमा रुबिन रामुदामु सर्वसम्मत चयन

चितवन – सुनचादी बचत तथा ऋण सहकारी सस्था, नारायणगढको छैटौ बार्षिक तेश्रो अधिबेशनबाट रुबिन रामुदामु उपाध्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ । भरतपुरमा भएको तेश्रो अधिबेशनबाट रुबिन रामुदामु सर्वसम्बत रुपमा उपाध्यक्ष चयन हुनुभएको हो । सो अवसरमा रामुदामुले संस्थाप्रति आफ्नो थप जिम्मेवारी बढेको भन्दै आफूले संस्थालाई बढाउन सबैको सहयोगको खांँचो रहेको बताउनु भयो ।
३४ बर्षे इतिहास बोकेको जय सन्तोषीमा पसलका प्रोप्राइटर ईश्वरलाल रामुदामुका कान्छा छोरा रुबिन रामुदामु पनि लामो समय देखी सुन चादी व्यवसायसंगै आवद्ध हुनुहुन्छ । जय सन्तोषी मा का नारायणगढमा जय सन्तोषी मा ज्वोलरी, जय सन्तोषी मा सुनचादी पसल र जय सन्तोषी मा स्वरूम गरी तीन वटा पसलहरु संचालनमा छन् ।
व्यवसायसंगै समाजसेवा र अन्य सामाजिक कार्यमा निरन्तर सक्रिय रुबिन रामुदामु नेपाल सुनचादी व्यवसायी संघ चितवनको एसोसियट सदस्य समेत हुनुहुन्छ । चितवनमा सफल सुन चादी व्यवसायीको रुपमा परिचित रुबिन रामुदामुले लन्डनको थमेस भ्याली बिश्वबिद्यालयबाट मेनेजमेण्ट संकायमा एमबिए समेत गर्नुभएको छ ।

Check Also

सन्दर्भ विश्व पर्यटन दिवस : पर्यटनमा आशा जगाउँदै पर्यटन व्यवसायी

कोरोना प्रभाव कम हुदै गएपछि नेपाल आउने पर्यटकको संख्या बढ्यो

कोरोना प्रभाव कम हुदै गएपछि नेपाल आउने पर्यटकको संख्या बढ्यो नेपालयटाईम्स काठमाण्डौं – विश्वभर कोभिड–१९ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *