Wednesday , January 19 2022
Breaking News
Home / मनोरन्जन / बहुप्रतिक्षित नेपाली चलचित्र ‘कायरा’को शिर्ष गीत सार्वजनिक

बहुप्रतिक्षित नेपाली चलचित्र ‘कायरा’को शिर्ष गीत सार्वजनिक

बहुप्रतिक्षित नेपाली चलचित्र ‘कायरा’को गीत आज सार्वजनिक गरिएको छ ।

म्यूजिकल लभ स्टोरी रहेको यस चलचित्रले आफ्नो ‘यो त माया हो’ बोलको प्रमुख गीत सार्वजानिक गरेको हो । उक्त गीतमा संगीत कल्याण सिंह तथा शब्द नरेश भट्टराईको रहेको छ भने स्वर सुगम पोखरेल र श्रेया सोताङको रहेको छ ।

बुढासुब्बा डिजिटल प्रा. लि मार्फत बजारमा आएको यस गितमा उदय राज पौडेलको एरेन्जिङ रहेको छ भने गीतमा कोरियोग्राफी प्रविण सिंहले गरेका हुन् ।

उज्जल श्रेयन महतले मिक्सिङ गरिएको उत्कृष्ट गीतको भिडियो हेर्नुस् ……

लक्ष्मण रिजाल र नायक आर्यन सिग्देल मुख्य लगानीमा संयुक्त रुपमा निर्माण गरेको यस चलचित्र साउन १८ गतेबाट हलमा आउदै छ । आर्यन सिग्देल, साम्राज्ञी र राज्यलक्ष्मी साहको मुख्य अभिनय रहेको यस चलचित्र, नेपाली चलचित्र जगतमा पछिल्लो समय अत्याधिक चर्चामा रहेको छ । निर्माण समुहले निकै आशा गरेको यस चलचित्रका सह निर्माता दीवस पराजुली, दिनेस थापा रहेका छन् भने कार्यकारी निर्मातामा राज कुमार भट्ट रहेका छन् ।

म्यूजिकल लभ स्टोरी यो चलचित्रलाई फिलिपिन्समा छायांकन गरिएको छ ।

ट्रेलर हेर्नुस …….

Check Also

सन्दर्भ विश्व पर्यटन दिवस : पर्यटनमा आशा जगाउँदै पर्यटन व्यवसायी

कोरोना प्रभाव कम हुदै गएपछि नेपाल आउने पर्यटकको संख्या बढ्यो

कोरोना प्रभाव कम हुदै गएपछि नेपाल आउने पर्यटकको संख्या बढ्यो नेपालयटाईम्स काठमाण्डौं – विश्वभर कोभिड–१९ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *