Wednesday , January 19 2022
Breaking News
Home / नेपाल / ६० लाख खर्च गरेर अमेरिका पुगेका १८ नेपाली जेलमा

६० लाख खर्च गरेर अमेरिका पुगेका १८ नेपाली जेलमा

काठमाडौं । सुखी र सुन्दर भविष्यको खोजीमा अवैध तरिकाकले अमेरिका प्रवेश गर्न खोज्ने नेपालीको संख्यामा कमी आएको छैन ।
करिब ६० लाख नेपाली रुपैयाँ सम्म खच गरेर अमेरिका पुगेको दर्जनौ नेपाली अमेरिकाको जेलमा रहेका छन् भने कयौँ नेपाली अमेरिका प्रवेशका लागि दक्षिण अमेरिकी मुलुकका विभिन्न जेल तथा अध्यगमन कार्यालयमा रहेका छन् ।

यस्तै कयौं नेपाली दक्षिण अमेरिकाका विविभन्न मुलुकका जंगलमा असाध्यै कष्टकर जीवन बिताइरहेका छन् ।
पछिल्लो पटक अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि आप्रवासीलाई कडा नीति अख्तियार गरे । जसका कारण सयौ आप्रवासीहरु कतिले प्रवेश नै पाएनन् भने कतिपय अमेरिकी प्रशासनले नियन्त्रणमा लिएर जेलमा हालेको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसिकाअनुसार ट्रम्प प्रशासनले आप्रवासनसम्बन्धी नीतिमा कडाइ गरेपछि कम्तीमा १८ नेपालीसहित करिब ८० जना दक्षिण एसियालीहरूलाई पक्राउ गरिएको छ । पक्राउ गरिएकालाई अमेरिकाको ओरेगन राज्यको एउटा कारागारमा राखिएको छ ।
मानवअधिकारवादी संस्थाहरुले दिएको जानकारीअनुसार उनीहरुलाई असाध्यै कष्टकररुपमा कारागारमा राखिएको छ ।
मध्यमस्तरको सेरिडन संघीय जेलमा राखिएका आप्रवासीमध्ये पूर्वी भारतका ५२ जना र नेपालका १८ जना आप्रवासी रहेको बताइएको छ ।
त्यसबाहेक पाँचजना चिनियाँ र ३० जना मध्य–अमेरिकी देशहरूका आप्रवासी रहेको एसियन प्यासिफिक नेटवर्क अफ ओरेगन नामक संस्थाले स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै जनाएको छ ।

सो संस्थाले इनोभेसन ल ल्याब नामक अर्को संस्थासँग मिलेर थुनामा राखिएका आप्रवासीहरूलाई सहायता गर्ने प्रयास गरिरहेको उल्लेख गरेको छ ।
पक्राउ गरिएकाहरूलाई एक्लाएक्लै राखिएको छ र कानूनी अधिकारबाट उनीहरूलाई वञ्चित गरिएको छ ।
उनीहरूलाई अनुवादकसँग सीमित पहुँच दिइएको छ र अहिलेको व्यवस्था अनुसार उनीहरूमाथि दुव्र्यवहार हुन सक्ने देखिएको छ ।
चार दिनअघि अमेरिकी सांसदहरूको एउटा प्रतिनिधिमण्डलले उक्त कारागारको भ्रमण गरेको बिबिसिले जनाएको छ ।
त्यसमा रहेकी सांसद सुजन बोनामिचीले तारवारले घेरिएको उक्त जेलमा कडा सुरक्षा रहेको र त्यहाँस्थित आप्रवासीहरूसँग आफूले कुराकानी गरेको बताएकी छन्।

उनका अनुसार पक्राउ गरिएकाहरूले आफ्ना देशमा हिंसा वा गलत रूपमा कारबाही खेप्ने जोखिम रहेकाले शरण लिन अमेरिका प्रवेश गरेको बताएका थिए ।
पक्राउ गरिएकाहरूलाई उनीहरूका भाषाका आधारमा समूह बनाएर राखिएको र उनीहरूमध्ये धेरैले वकिलसँग आफूलाई कुराकानी गर्न नदिएको बताएको बोनामिचीले बताएकी छिन् ।
सेरिडानमा बन्दी बनाइएका शिख समुदायका मानिसहरूले सांसदहरूलाई भारतमा आफूहरूलाई धार्मिक पृष्ठभूमिका कारण अप्ठेरो रहेको उल्लेख गर्दै शरण खोज्न आएको बताएका थिए।
बोनामिचीको वेबसाइटमा राखिएको विज्ञप्तिमा भनिएको छ, ‘हामीले सुनेका कथाहरू मन छुने र पीडादायी थिए। शरण खोज्ने अधिकार भए पनि उनीहरूलाई अपराधीसरह व्यवहार गरिएको छ जुन गलत हो ।’
वाशिङटन डिसीस्थित नेपाली राजदूत अर्जुनकुमार कार्कीले पक्राउ परेको भनिएका नेपालीबारे दूतावाससँग कुनै पनि जानकारी नभएको बीबीसीलाई बताएका छन् ।

एउटा स्थानीय अनलाइन ओरेगन लाइभ डट कमका अनुसार ती आप्रवासीहरूलाई भेट्ने प्रयास गरेका वकिलहरूलाई संघीय अधिकारीहरूले सोमवार तेस्रो पटक पनि भेटघाट गर्न दिएका छैनन् ।
आप्रवासीहरूको अधिकारको पक्षमा ओरेगनमा कार्यरत एउटा संस्था काउसकी कार्यकारी निर्देशक एन्ड्रिया विलियम्सले पक्राउ परेका आप्रवासीहरू जोखिममा रहेका छन् ।
‘उनीहरूलाई धार्मिक समुदायका नेता, वकिल वा अधिकारकर्मी कसैसँग भेटघाट गर्न दिइएको छैन। कतिपयलाई चोटपटक लागेको वा उनीहरू बिरामी भएका विवरण पनि आएका छन्। तर उनीहरूले औषधोपचार पनि नपाएको अवस्था छ ।’
ट्रम्पले गैरकानूनी रूपमा अमेरिका प्रवेश गर्न खोज्ने शरणाथीविरुद्ध शून्य सहनशीलताको नीति लिएको घोषणा गरेपछि हालैका दिनमा सीमामा कडाइ गरिएको छ ।

हालैका हप्ताहरूमा मेक्सिकोको सीमा क्षेत्र हुँदै अमेरिका प्रवेश गर्न खोज्ने अभिभावक र उनीहरूका बच्चालाई अलग गरी कारबाही अघि बढाइएको भन्दै राष्ट्रसंघसहितका निकायले उनको आलोचना गरेका थिए ।
हालैका वर्षहरूमा मेक्सिकोको बाटो हुँदै अवैध रुपमा अमेरिका प्रवेश गर्न खोज्ने दक्षिण एसियालीहरूको संख्या बढ्दै गएको छ ।
द लस एन्जलस टाइम्सका अनुसार सन् २०१६ को अगस्टअघिको ११ महिनामा मात्रै ४ हजार भन्दा बढी बांग्लादेशी, भारतीय, नेपाली र पाकिस्तानीहरूले उक्त बाटो हुँदै अमेरिका प्रवेश गर्ने प्रयास गरेका थिए ।

https://www.facebook.com/nepalayatimes/?ref=bookmarks

त्यसको ७ वर्षअघि उक्त संख्या २२५ मात्रै रहेको उक्त सञ्चारमाध्यमले जनाएको छ ।
अमेरिकी सीमा अधिकारीहरूलाई उद्धृत गर्दै उक्त अखबारले त्यसबेला अवैध रुपमा प्रवेश गर्न खोज्ने ३६ सयभन्दा बढी आप्रवासीलाई पक्राउ गरिएको जनाएको छ ।
बिबिसि र अन्तर्राष्ट्रिय समाचार संस्थाहरुको सहयोगमा

Check Also

पर्यटन बोर्डको नयाँ बजेटमा विज्ञको सुझाव : राज्यको तीन तहमा समन्वय गरी बजेट ल्याउनु

पर्यटन बोर्डको नयाँ बजेटमा विज्ञको सुझाव : राज्यको तीन तहमा समन्वय गरी बजेट ल्याउनु

पर्यटन बोर्डको नयाँ बजेटमा विज्ञको सुझाव : राज्यको तीन तहमा समन्वय गरी बजेट ल्याउनु काठमाण्डौं …

Leave a Reply

Your email address will not be published. Required fields are marked *