Wednesday , January 19 2022
Breaking News
Home / नेपाल / विदेशी पर्यटकलाई उद्दारका नाममा ठगी गरेको भन्दै दर्जनौँ विरुद्ध उजुरी

विदेशी पर्यटकलाई उद्दारका नाममा ठगी गरेको भन्दै दर्जनौँ विरुद्ध उजुरी

सरकारले पदयात्रामा गएका पर्यटक बिरामी भएको बहानामा उद्धार गरी मोटो रकम असुल्ने संस्था वा निकायमाथि छानविन शुरु गरेको छ । नक्कली बिरामी बनाई पर्यटकको उद्धार गरेको विषयमा व्यापक गुनासो आएपछि सरकारले छानविन शुरु गरेको हो ।

सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा छानविन समिति गठन गरेको छ । समितिलाई यही असार १५ गतेभित्र कारवाहीको सिफारिससहितको प्रतिवेदन पेश गर्ने अख्तियारी दिइएको छ । मुलुकका विभिन्न स्थानमा पदयात्रा र पर्वतारोहणमा जाने पर्यटकलाई लेक लाग्नेलगायतका स्वास्थ्य समस्या तथा अन्य विपद्को उद्धारको नाममा फर्जी विवरण तयार पार्ने गरेको पाइएपछि सरकारले कडा नीति अख्तियार गरेको हो । विपद् उद्धारको नाममा फर्जी विवरण तयार पारी बीमा रकम दाबी गर्ने र ठगी गर्ने गरेको पाइएपछि नेपालको पर्यटन क्षेत्रमा नकारात्मक असर परेको छ ।

सरकारले गठन गरेको छानविन समितिका संयोजक एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव उपाध्यायले छानविन प्रक्रिया शुरु भएको जानकारी दिए । उनले नेपालको पर्यटन उद्योगलाई नै नकारात्मक असर पु¥याउने गरी भइरहेको गलत धन्दालाई नियन्त्रण गर्नुपर्ने भएकाले सरकारले कडाइका साथ हेरेको बताए । गैरकानूनी क्रियाकलापले नेपालको पदयात्रा तथा पर्वतारोहण सम्बन्धमा अन्तर्राष्ट्रिय जगत्मा नकारात्मक सन्देश गएको छ । सरकारले नेपालको पर्यटन क्षेत्रलाई आर्थिक समृद्धिको आधारका रूपमा स्थापित गर्दै कूल गार्हस्थ्य उत्पादनमा २५ प्रतिशत योगदान पु¥याउने लक्ष्य राखेको छ ।

छानविन समितिका अनुसार एयर डाइनेष्टिक, मनाङ एयर, सिम्रीक एयर, माउन्टेन हेलिकोप्टरर्स, हेलि एभरेष्ट, श्री एयरलाईन्स, समिट हेलिकोप्टर, सिम्रीक एयर प्राली, प्रभू हेलिकोप्टर्स, अल्टिच्युट एयर प्रा.ली, कैलाश हेलिकोप्टर सर्भिस प्राली विरुद्ध उजुरी परेको छ । आइतबार नै मन्त्रालयले १० वटै हेलिकोप्टर कम्पनिहरुलाई रेस्क्यु फ्लाईट सम्बन्धी विवरण माग गरेको छ । त्यस्तै दर्जनौँ ट्रेकिङ कम्पनीले पर्यटकलाई विरामी बनाउँदै फर्जी विल बनाएर ठगी गरेको उजुरी परेको छ । मन्त्रालय स्रोतका अनुसार हिमालयन सोसल जर्नी, एस द हिमालय, नेपाल हाइकिङ टिम, नेपाल इन्भाइरोमेन्टल ट्रेकिङ, नेपाल भिजन ट्रेकिङ, युनिक एडभेन्चर, हिमालय सिनरी, सेभेन समिट, फ्लाईट कनेक्शन, अल्पाइन रेस्क्यु, हिमालयन रेस्क्यु, इजि हेलि चार्टर सर्भिस, ग्रेट हिमालय लगायत दर्जनौँ कम्पनि विरुद्ध उजुरी परेको हो ।

मन्त्रालयका अनुसार बिमा कम्पनिसँग मिलेमतोमा चर्को शुल्क उठाउने र ठगी गर्ने अस्पताल समेत छानबीनमा तानिएका छन् । राजधानीको सोह्रखुट्टेमा रहेको इरा हेल्थ सेन्टरले विदेशी पर्यटकमाथि लुट मच्चाउँदै आएको छ । हेल्थ सेन्टरको नाममा सञ्चालित भएता पनि अस्पतालको रुपमा काम गर्दै आएको उक्त अस्पताल केही वर्ष अघि तत्कालिन स्वास्थ्य मन्त्री गगन थापाले उद्घाटन गरेका थिए । मन्त्रालय स्रोतका अनुसार इरा हेल्थ सेन्टर, बयोधा अस्पताल, सिविक अस्प्ताल, ग्राण्डी अस्पताल, नर्भिक अस्पताल, नेपाल मेडिसिटि अस्पताल विरुद्ध पर्यटकमाथि चर्को शुल्क ठगी गरेको उजुरी परेको छ । पर्यटन मन्त्रालयमा ट्रेकिङ एजेन्सिज एशोसियशन नेपालका अध्यक्ष नवराज दाहालकै स्वामित्वमा रहेको नेपाल इन्भाइरोमेन्टल ट्रेकिङ विरुद्ध नै उजुरी परेको छ ।

नक्कली बिरामी बनाउने तथा फर्जी बिल बनाई गलत धन्दा गर्ने प्रवृत्तिले समग्र पर्यटन क्षेत्रमा असर पर्ने भएकाले त्यस्तो क्रियाकलापलाई छुृट दिन नसकिने सरकारको भनाइ छ । मन्त्रालयले गठन गरेको छानविन समितिले अध्ययन शुरु गरेको छ । समितिमा १३ टे«किङ कम्पनी, १० हेलिकप्टर कम्पनी र सातवटा अस्पतालविरुद्ध समेत उजुरी परेको छ । उजुरीमाथि छानविन भइरहेको छ । नेपालका बीमा कम्पनीले बीमा गर्न सक्दैनन् भन्नेजस्ता त्राससमेत पर्यटकलाई देखाउने गरिएको व्यवसायीको भनाइ छ । सरकारले गठन गरेको छानविन समितिले बिरामी उद्धारमा संलग्न भनिएका कम्पनी तथा हेलिकप्टर कम्पनीसँग विवरण माग गरेको छ । नेपालको पर्यटन उद्योगमा फैलँदै गएको गलत धन्दालाई पूर्णरूपमा बन्देज लगाउन सरकारी तथा निजी क्षेत्रको साझा प्रयत्न जरुरी देखिएको समितिको भनाइ छ ।

पदयात्रा तथा हिमाल आरोहणका क्रममा प्राकृतिकरूपमा पदयात्रीलाई लेक लाग्न सक्छ । छानविन समितिमा प्राप्त भएको उजुरीमा व्यवसायीले गलत तरिकाले बिरामी पार्ने र उद्धार गरेको नाटक गर्ने गर्छन् । टे«किङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)का अध्यक्ष नवराज दाहाल छानविन समिति गठन हुनु स्वागतयोग्य रहेको बताउँछन् । उनले विगतमा व्यवसायीका तर्फबाट भएका केही कमी कमजोरीलाई सुधार गरेर जानुपर्नेमा जोड दिए । अध्यक्ष दाहालले भने, “विगतमा व्यक्तिगतरूपमा भन्दा पनि समग्र प्रणालीका कारण गल्ती भएको हो । त्यसलाई आगामी दिनमा सुधार गरेर मर्यादित व्यवसायका लागि पद्दतिको विकास गर्नुपर्छ ।”

यसैबीच ट्रेकिङ व्यवसायीहरुको छाता सङगठन टानले विभिन्न संचारमाध्यमहरुले गलत समाचार सम्प्रेषण गरेको भन्दै त्यसको विरोध जनाएको छ । पछिल्लो समयमा पर्यटकहरुलाई रेस्क्युको वहानामा विभिन्न ट्रेकिङ कम्पनीहरु ठगी गरेको समाचारहरु विभिन्न संचारमाध्यहरुमा प्रकाशन भएपछि टानले यसप्रति ध्यानाकर्षण गरेको हो । विहीबार एक विज्ञप्ति जारी गर्दै टानले तथ्यहिन समाचार सम्प्रेषण नगर्न आग्रह गरेको छ । विज्ञप्तिमा हेलिकप्टरबाट पर्यटकलाई रेस्क्यु गर्ने सम्वन्धमा भएका व्यवहारिक र अव्यवहारिक पक्षको अनुसन्धान गर्नको लागी पर्यटन मन्त्रालय मातहत बाट छानविन समिती बनेको र उक्त समितीले सत्यतथ्य वाहिर ल्याउनु अगावै संचारमाध्यमहरुले तथ्हहिन समाचार सम्प्रेषण गरि स्थापित कम्पनी तथा व्यक्तित्वहरुको छविमा असर पार्ने काम गरेको आरोप लगाईएको छ ।

Check Also

पर्यटन बोर्डको नयाँ बजेटमा विज्ञको सुझाव : राज्यको तीन तहमा समन्वय गरी बजेट ल्याउनु

पर्यटन बोर्डको नयाँ बजेटमा विज्ञको सुझाव : राज्यको तीन तहमा समन्वय गरी बजेट ल्याउनु

पर्यटन बोर्डको नयाँ बजेटमा विज्ञको सुझाव : राज्यको तीन तहमा समन्वय गरी बजेट ल्याउनु काठमाण्डौं …

Leave a Reply

Your email address will not be published. Required fields are marked *