Wednesday , January 19 2022
Breaking News
Home / नेपाल / कोरोना प्रभाव कम हुदै गएपछि नेपाल आउने पर्यटकको संख्या बढ्यो

कोरोना प्रभाव कम हुदै गएपछि नेपाल आउने पर्यटकको संख्या बढ्यो

कोरोना प्रभाव कम हुदै गएपछि नेपाल आउने पर्यटकको संख्या बढ्यो

नेपालयटाईम्स

काठमाण्डौं – विश्वभर कोभिड–१९ विरुद्धको खोप लगाउनेको संख्या बढ्नु, कोरोना प्रभाव कम हुदै र नेपालमा पनि भिसालगायतका प्रक्रिया सहज हुनुले पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको हो ।

सन्दर्भ विश्व पर्यटन दिवस : पर्यटनमा आशा जगाउँदै पर्यटन व्यवसायी
सन्दर्भ विश्व पर्यटन दिवस : पर्यटनमा आशा जगाउँदै पर्यटन व्यवसायी

नेपाल पर्यटन बोर्डले निकाले मासिक प्रतिवेदनको तथ्यांकअनुसार अक्टोबर महिनामा मात्रै २३ हजार २ सय ८४ पर्यटक नेपाल आएका छन् । यो सेप्टेम्बर महिनाको तुलनामा ५७ प्रतिशतले बढी हो । अगस्टमा भने ९ हजार ९ सय पर्यटक आएका थिए । जुन महिनामा ५ हजार ९ सय १५ जना विदेशी पर्यटक नेपाल आएका थिए ।

लामो समयदेखि निष्क्रिय रहेको पर्यटनक्षेत्र विदेशी पर्यटकको संख्या बढेसँगै गतिशील हुन थालेको छ । पर्यटकको संख्या बढेसँगै होटलहरूको अकुपेन्सी दर पनि बढ्नको छ ।
विदेशी पर्यटक सँगसँगै आन्तरिक पर्यटकको संख्या समेत बढेको हुदा पर्यटनक्षेत्रमा सकरात्मक सर्किट देखिएको छ ।

Check Also

पर्यटन बोर्डको नयाँ बजेटमा विज्ञको सुझाव : राज्यको तीन तहमा समन्वय गरी बजेट ल्याउनु

पर्यटन बोर्डको नयाँ बजेटमा विज्ञको सुझाव : राज्यको तीन तहमा समन्वय गरी बजेट ल्याउनु

पर्यटन बोर्डको नयाँ बजेटमा विज्ञको सुझाव : राज्यको तीन तहमा समन्वय गरी बजेट ल्याउनु काठमाण्डौं …

Leave a Reply

Your email address will not be published. Required fields are marked *