Monday , October 18 2021
Breaking News
Home / शिक्षा / को हुँ म? थुप्रै नाम दिएछन समाजले पर्बत बास्तोला

को हुँ म? थुप्रै नाम दिएछन समाजले पर्बत बास्तोला

को हुँ म?

– पर्बत बास्तोला

थुप्रै नाम दिएछन समाजले डाक्टर, इन्जिनियर, जस्ता
अनगिन्ती नामहरु लिदै
“तेरो भबिष्य हो,” भनेको
जब, आज एक अन्तरवार्ताको प्रश्न
“तपाइँको बारेमा केहि भन्नुहोस” भन्दा
ति नामहरु सुन्यमा बिलाऊँछन्
र टोलाउँदै सोच्छु
को हुँ म?

“म यो संसारको रचनाकार, म हर जीबमा छु”
पबित्र गिताको यो बाक्य नियाल्दा
लाग्ने गर्दछ

कतै म भगवानको एउटा पाटो त होइन?
र बन्छु एक काल्पनिक स्वर्गको रचनाकार
त्यही रचना भित्र हराऊँदै गर्दा
दुःखको घर मानिएको यो संसारले ब्युँत्याऊँछ
र झस्किँदै प्रश्न उठाऊँछु
को हुँ म?

बोले “बोलाहा”
नबोले “कप्टी”
टोलाए “पागल”
केही नगरे “अल्छी”
यस्तै थुप्रै नामाकरण गरेको समाजले
केहि “बाठो” कुरा गर्दा
“को होस तँ?” भन्दा
यिनै नाम बाफझै रित्तिन्छन्
र प्रश्न उठाऊँछु
को हुँ म?

घरी घरी त लाग्ने गर्छ
सूर्यको “किरण”
आगोको “ताप”
पुष्पको “निश्चलता”
समीरको “कोमलता”
पानीको “लहर”
“सबै मै त हाइन?”
तर जब हौसला टुट्ने गर्दछ
आफैँलाई यी नाम झै अदृश्य महसुस गर्दै
प्रश्न उठाऊँछु
को हुँ म?

 

Check Also

पर्यटन बोर्डको नयाँ बजेटमा विज्ञको सुझाव : राज्यको तीन तहमा समन्वय गरी बजेट ल्याउनु

पर्यटन बोर्डको नयाँ बजेटमा विज्ञको सुझाव : राज्यको तीन तहमा समन्वय गरी बजेट ल्याउनु

पर्यटन बोर्डको नयाँ बजेटमा विज्ञको सुझाव : राज्यको तीन तहमा समन्वय गरी बजेट ल्याउनु काठमाण्डौं …

Leave a Reply

Your email address will not be published. Required fields are marked *