Tuesday , October 19 2021
Breaking News
Home / Features News / काठमाडौको हवाइयात्रु चाप व्यवस्थापन गर्न नीजगढको विकल्प छैनः मन्त्री भट्टराई

काठमाडौको हवाइयात्रु चाप व्यवस्थापन गर्न नीजगढको विकल्प छैनः मन्त्री भट्टराई

काठमाडौको हवाइयात्रु चाप व्यवस्थापन गर्न नीजगढको विकल्प छैनः मन्त्री भट्टराई – नेपालयटाईम्स
काठमाडौको हवाइयात्रु चाप व्यवस्थापन गर्न नीजगढको विकल्प छैनः
काठमाडौको हवाइयात्रु चाप व्यवस्थापन गर्न नीजगढको विकल्प छैनः
काठमाडौं नेपाल भ्रमण वर्ष सुरु हुनै लाग्दै विभागिय मन्त्रिको सक्रियता बढ्दै गईरहेको छ । यसै सन्दर्भमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले खेलकुद सम्बद्ध तथा स्यंवसेवी एवं परोपकारी संघ संगठनका प्रमुख तथा प्रतिनिधीहरुसँग अन्तरक्रिया गरी ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई भव्यतापुर्व सम्पन्न गर्न उत्साहजनक सक्रियता र सहभागिताका लागि आग्रह गरेका छन् । मुलुकको समृद्धिको मूल आधार पर्यटन क्षेत्र भएको र यो क्षेत्रको विकास र प्रवद्र्धनक। लागि पुर्वाधारको विकास पहिलो र महत्वपूर्ण शर्त भएको उल्लखे गर्दै मन्त्री भट्राईले भन्नुभयो–‘ पछिल्लो समय पुर्वाधारको क्षेत्रमा पनि प्रगति भएको छ तर त्यो पर्याप्त छैन ।’ त्यसैले सरकार र राजनीतिक नेतृत्वको ध्यान ठूला र राष्ट्रिय गौरवका आयोजनामा केन्द्रीत भएपनि यसमा अनेक खालका स्वार्थ समूहले वाधा खडा गर्ने गरेको बताउनुभयो । नीजगढ विमानस्थलको निर्माण कार्य रोक्न हालै सर्वोच्च अदालतले जारी गरेको अन्तिरिम आदेशतर्फ संकेत गर्दै उहाँले भन्नुभयो – ‘काठमाडौको हवाइ यात्रुको चाप व्यवस्थापन गर्न अहिले नीजगढको कुनै विकल्प छैन, म आशावादी छु त्यो गम्भीरतालाई सबै पक्षले वुझ्नेछन् ।’ उहाँले ठूला र राष्ट्रिय गौरबका आयोजना राजनीतिक नेतृत्वको सोचबाट निर्धारण हुने भएकाले यसको निरुपण न्यायलयबाट नहुने बताउनुभयो । WATCH VIDEO टर्कीको इस्तानावुलमा अन्तराष्ट्रिय विमानस्थल बनाउँदा त्यहाँ २४ लाख रुख कातिटएको प्रसंग उल्लेख गर्दै मन्त्री भट्राइले भन्नुभयो–‘हाम्रोमा त्यति रुख पनि काटिदैन । फेरी त्यो विमानस्थल बनाइसकेपछि अन्यत्र ठाऊँमा वृषारोपण गरेर उनीहरुले त्यो भन्दा धेरै रुख हुर्काइसके । अहिले इस्तानावुल विमानस्थल अन्तराष्ट्रिय हवाइ उडानको हब बनेको छ, हामी चाहिँ एउटा हाँगो काट्ने कि नकाट्नेमा बहस गरेर बसिरराख्ने ? चीनले थ्री गर्जेज हाइड्रो बनाउने बेला त्यहाँ पनि यस्तै खालका वहस भए तर चीनले बनाएर छाड्यो, अहिलेको चीनको सम्पन्नताको एउटा आधार त्यहि हाइड्रो भएको छ, मन्त्री भट्राइले भन्नुभयो–‘हाम्रो सरकारको पुरा प्रतिवद्धता नीजगढमा अन्तराष्ट्रिय विमानस्थल बनाउनेमा छ, त्यो बन्छ ।’ नेपालमा पर्यटन प्रर्वद्धनका लागि २०२० को क्याम्पियनले मात्र नपुग्ने भएकाले सरकार यो वर्षलाई प्रस्थान विन्दु बनाएर कम्तिमा एक दशकको अभियानमा लागेको उल्लेख गर्दै उहाँले भन्नुभयो–‘तपाइहरुको अन्तराष्ट्रिय सम्पर्क र सम्बन्धलाई यो अभियानमा अधिकतम् प्रयोग गर्नुस् ।’ उहाँको जोड भ्रमणको सिजन हुन्छ भन्ने प्रचारवाट पनि नेपाललाई मुक्त गर्नुपर्नेमा थियो । उहाँले भन्नुभयो–‘अवश्य पनि भ्रमणको निश्चित सिजन हुन्छ । खाडी मुलुकको सिजन जाडोको समय होला, युरोपका देशहरुको पनि खास सिजन होला तर नेपाल सबै सिजनमा खुला भएको मुलुक हो भन्ने भन्ने पनि बुझाउनु जरुरी छ ।’ कार्यक्रममा नेपाल ओलम्पिक कमिटीमा अध्यक्ष जीवनराम श्रेष्ठले भ्रमण वर्ष २०२० सरकार र मन्त्रालय विशेषको मात्र काम नभइ आम नेपालीको अभियान भएकाले यो सफल पार्नु पनि सबै नेपालीको दायित्व भएको बताउनु भयो । उहाँले भन्नुभयो–‘त्यहि दायित्व सम्झेर हामी आफ्ना सबै फोरमहरुमा भ्रमण वर्षको सन्देश प्रवाह गर्न प्रतिवद्ध छौं, प्रवाह गरिपनि रहेका छौं ।’ राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताब्र तिमिल्सिनाले भैमण वर्ष सँग राष्ट्रियताको विषय पनि जोडिएकाले यसलाइृ सफल बनाउन मनत्रालयले कुन खालको सहयोगको अपेक्षा गर्छ त्यो पुरा गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले भन्नुभयो–‘हामी सँग भर्खरै साग खेलकुद भव्यतापूर्वक सम्पन्न गरेको अनुभव पनि छ, त्यो अनुभवका र पर्यटन वर्ष हाम्रो हो भन्ने भावनाका साथ हातेमालो गरेर अघि बढ्न तयार छौं ।’ कार्यक्रममा लाइन्स क्लवका बालकृष्ण सिवाकोटी, रोटरी नेपालका राजेन्द्रकुमार दाहाल, नेपाल स्काउटका लोकबहादुर भण्डारी लगायतका विभिन्न संघ संस्थाका प्रतिनिधीले पनि भ्रमण वर्ष सफल पार्न आ आफ्नो ठाऊँबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको थियो । READ MORE . . . .. . MOST LIKED TREKKING ROUTE POPULAR TREKKING AREAS

Check Also

पञ्चकोटमा दैनिक हजार पर्यटक

पञ्चकोटमा दैनिक हजार पर्यटक

पञ्चकोटमा दैनिक हजार पर्यटक -रासस/नेपालयटाईम्स गलकोट – केही दिनअघि बागलुङ घुम्न आउनुभएका नेपाल पत्रकार महासङ्घ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *